बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस २९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस २८ गते ईसिबु-६ का २० वर्षीय चन्द्रबहादुर कार्की र २२ वर्षीय राज थापालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बालिकालाई पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस २७ गते आरोपितद्वयविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वाथ्य परीक्षण पुस २८ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम ढकालले जानकारी दिए ।


भगिश्वर लिम्बू