बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङसिङ-८ का ३८ वर्षीय बद्री श्रेष्ठलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ ।
गत साउन २९ गते बालिका घरमै बसिरहेको बेला श्रेष्ठले बलात्कार गरेको भन्ने जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते मौखिक उजुरी आए पछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
आरोपित श्रेष्ठ र पीडित बालिकाको भदौ ५ गते त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा लिखित जाहेरी दिएको प्रहरीले जनाएको छ । आरोपितलाई भदौ ५ गते जिल्ला अदालत नुवाकोटबाट अनुसन्धानको लागि एक साता थुनामा राख्ने म्याद दिएको प्रहरीले जनाएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…