बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस २५ गते

१४ वर्षीया बालिकालाई पुस २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-१६ का २२ वर्षीय कृष्ण गैरे र भरतपुर-५ का २१ वर्षीय सुदिप थापालाई पुस २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले पुस २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २४ गते नै भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्र अधिकारी