बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस २१ गते

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला, कनका सुन्दरी गाविस-७ का १८ वर्षीय  मुस्कान आचार्य र सोही ठाउँका १७ वर्षीय शेर सिकर्मीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पुस २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले पुस २० गते बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा मौखिक उजुरी दिएको आधारमा अनुसन्धानका लागि आरेपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीले बताए ।

पीडितको स्वास्थ्य परीक्षण पुस २० गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पनि अवस्थीले जानकारी दिए ।


विनोद पाण्डे