बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस ८ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुम्पाखर गाविस-७ का २६ वर्षीय युवराज तामाङलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका सई राजु पाण्डेले बताए ।

पीडित पक्षले पुस ३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी गरेको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण बाह्रबिसे प्राथमिक उपचार केन्द्रमा पुस ३ गते गरिएको प्रहरीले जनाएको छ ।


नातिबावु धिताल