बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बाह्रबिसे स्थित प्राथमिक उपचार केन्द्रमा मङ्सिर २५ गते गरिएको थियो ।


नातिबावु धिताल