बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन ७ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ५ गते कुश्मा नपा–६ न्यूरोडबाट दुई भारतीय नागरिकलाई गिरफ्तार गरेको छ ।

आरोपितहरू भारत बिहार प्रदेश मोतिहारी जिल्ला पुर्वी चम्पारन हसिदी ग्राम थाना–२ बस्ने २९ वर्षीय आलोक साह र सोही ठाउँका ३३ वर्षीय अजय गुप्ता रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितद्वयले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परीक्षण फागुन ५ गते नै जिल्ला अस्पताल, पर्वतमा गरिएको प्रहरीले जनाएको छ ।


सन्तोष थापा