बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाह गरी बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले तिलोत्तमा नपा-२२ का १८ वर्षीय अर्जुन थारुलाई पुस ६ गते तिलोत्तमा नपा-१० मङ्गलापुरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई गत मङ्सिर ३० गते भगाएर विवाह गरी बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावले पुस ५ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलहादुर पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा पुस ६ गते नै गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.