बलात्कार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाको ०७२ असोज ११ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो । पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो ।
घटनापछि आरोपित फरार भएकाले घटनाको अनुसन्धान पुरा गरी जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको र सरकारी वकिल कार्यालयले पनि आरोपितलाई हदैसम्मको दण्ड सजायको जिल्ला अदालत समक्ष माग गरेको थियो ।
घटनाको मिसिल जिल्ला अदालतमा पेश भइसकेकाले हाल गिरफ्तार भएका आरोपितलाई मङ्सिर २९ गते जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएको दुई महिनापछि पीडित महिलाको मृत्यु भइसकेको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…