बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाँउपालिका–२ का २८ वर्षीय सैरभ दुवेलाई पुस १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।


नारायण पराजुली