बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई मङ्सिर १७ गते सामूहिक बलात्कार गरेको आरोपमा गुलरिया नपा-७ का १९ वर्षीय पारस गुप्ता र सोही नपा-६ का १९ वर्षीय राजेश बैगारलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।
घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर चक्र बहादुर डम्वरपालले जानकारी दिए । फरार आरोपितको खोजी भइरहेको बताउदै इन्स्पेक्टर पालले घटनाको मुद्दा दर्ता गरी कानुनी प्रकृया अघि बढाइएको जानकारी दिए ।
घटनाका सम्बन्धमा पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल गुलरियामा मङ्सिर १७ गते भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रतिरोधका क्रममा पीडितको बाँया कानको तल चिथोरिएर घाउ भएको छ । साथै दाहिने कुम, घुँडा र कम्मरमा निल डाम देखिएको प्रहरीले जनाएको छ ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…