बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–५ का २५ वर्षीय रोशन बस्नेतलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईले बताए ।

पीडित बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इन्स्पेक्टर राईले बताए ।


विनोदकुमार रविदास