बलात्कार घटनाका आरोपित गिरफ्तार

८८ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित बृद्धालाई आरोपितले पुस २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र खड्काले बताए ।

पीडित बृद्धाको स्वास्थ्य परीक्षण पुस २ गते जिल्ला अस्पताल तम्घासमा गरिएको प्रहरीले जनायो ।


टोपलाल अर्याल