बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सापिङ गाविस-३ बस्ने २४ वर्षीय सविन गिरी र भक्तपुर जिल्ला सूर्यविनायक-११ का २८ वर्षीय सरोज राउतलाई मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा गरिएको प्रहरीले जनाएको छ ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान मनाइरहेको अवस्थामा भएको यो घटनाका पीडितलाई सुरक्षित गृहमा राखिएको प्रहरीले जनाएको छ ।

इन्सेक प्रतिनिधिको कार्यालयमा यो वर्षजिल्लामा बलात्कारका १९, बलात्कार प्रयासका ६, मानव बेचविखनका एक, बहुविवाहका १० र व्यक्तिगत हत्याका १० ओटा घटना अभिलेखित छन् ।


भोजराज तिमल्सिना