बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का २६ वर्षीय डोलेश्वर लिम्बूलाई पुस ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ पुस २ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।


भगिश्वर लिम्बू