बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला बेलडाडी घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३२ वर्षीय विष्णुबहादुर शाहीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालार्इ आरोपितले गत असोज ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक १० गते प्रहरीमा उजुरी दिएकाले उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको महानगरी प्रहरी परिसर भक्तपुरका एसपी हिमालकुमार श्रेष्ठले बताए । पीडित महिलाको स्वास्थ परीक्षण प्रसुती गृह थापाथलीमा कात्तिक १२ गते गरिएको छ ।


सविना केसी