बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका–८ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई असोज ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पैसाको प्रलोभनमा पारेर आरोपितले असोज २९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३० गते जनकपुर अञ्चल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए ।


विनोदकुमार रविदास