बलात्कार घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिका-१ सिमचौरका २२ वर्षीय गणेश धामीलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा सोही दिन आरोपितका विरूद्ध प्रहरीमा निवेदन दिएपछि सोही दिन गिरफ्तार गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ध्रुब विष्टले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १६ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।


बासुदेब जोशी