बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक १९ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१५ का १९ वर्षीय सुशील केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १८ गते प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका इन्स्पेक्टर गणेश बमले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको पनि प्रहरीले जनाएको छ ।


इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखरा