बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय मने परियारलाई भदौ २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी दिए पनि आरोपित फरार रहेका कारण प्रहरीले गिरफ्तार गर्न सकेको थिएन ।

भदौ २८ गते आरोपित घर आएको सूचना पाएपछि प्रहरीले गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो  ।


रविन्द्र पाण्डे