बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का २२ वर्षीय फिरोज अहमद मुसलमानलाई भदौ २३ गते मर्चवारबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले भदौ २३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी इन्स्पेक्टर शङ्कर भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.