बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार स्थायी घर भई बुटवल उमनपा–८ बस्ने ५३ वर्षीय गोपाल भनिने मेगबहादुर कौशललाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले सञ्चालन गरेको आलु चिप्स फ्याक्ट्रीमा काम गर्ने महिलालाई कब्जामा लिएर भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण  भदौ १४ गते लुम्बिनी अञ्चल अस्पतालमा गरिएको छ ।


रीमा बि.सी.