बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पिडा गाविस-२ का ५९ वर्षीय हरिलाल श्रेष्ठलाई प्रहरीले ०७३ भदौ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई साउन ३२ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाको अभिभावकले भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ २ गते जिल्ला अस्पताल धादिङमा भएको पनि प्रहरीले जनाएको छ ।


सीताराम अधिकारी