बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा साउन २८ गते गरिएको थियो । आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रबहादुर सिंहले बताए ।


दिनेशकुमार श्रेष्ठ