बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन २३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलटारीका सई राजन थापाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण साउन २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली