बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा-४ का ३३ वर्षीय सविन चन्दलाई साउन १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले साउन ७ र ८ गते पीडितलाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
त्यसैगरी सोही दिन १५ वर्षीया अर्की बालिकालाई भेरी नपा-४ का २७ वर्षीय रुपक चन्दले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन ८ गते उजुरी दिएका थिए । आरोपित रुपक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मोवाइल, पैसा र घडी दिन्छु भन्दै सुरुमा फकाउँदै र पछि नमानेपछि मार्ने धम्की दिएर दुई दिनसम्म स्थानीय होटलमा राखेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा सविनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर इन्द्रजीत सुनारले बताए ।
पीडित बालिकाका अभिभावकलाई बलात्कार घटनाविरूद्ध मुद्दा नचलाउन स्थानीय नेता, केही जनप्रतिनिधि र केही पहुँचवाला व्यक्तिहरूले दबाब दिइरहेको पीडित पक्षले आरोप लगाएका छन् ।
पीडितका अभिभावकहरूले आफूलाई चारैतिरबाट मुद्दा नदिन र मिलापत्र गर्न दबाब आइरहेको बताउँदै न्यायका लागि कसैले सहयोग नगरेको गुनासो गरेका छन् । पीडित दुवैको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा साउन ९ गते गरिएको प्रहरीले जनाएको छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…