बलात्कार घटनाका आरोपित गिरफ्तार 

  ०७३ असोज १७ गते 

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ-६ घलेगाउँका १६ वर्षीय बालकलाई असोज १५ गते गिरफ्तार गरी असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

पीडित बालिकालाई आरोपित बालकले असोज १२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जितेन्द्र बस्नेतले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते त्रिशूलीस्थित जिल्ला अस्पतालमा गरिएको पनि इन्स्पेक्टर बस्नेतले बताए ।


नवदीप श्रेष्ठ