बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ का २५ वर्षीय विक्रम बोगटीलाई साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १० गते उजुरी  दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन १० गते गरिएको छ ।


प्रताप विष्ट