बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई ०७५ साउन ५ गते घरवाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोपिकृष्ण सुवेदीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको इन्स्पेक्टर सुवेदीले बताए ।


रविन्द्र पाण्डे