बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २८ गते बर्दघाट सुस्त पुर्व स्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते चितवनको भरतपुर अस्पतालमा गरिएको छ ।


नारायण पराजुली