बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा-५ बाघखोरका ३० वर्षीय प्रेम केसी र सोही ठाउँका ३१ वर्षीय भिमबहादुर बोहोरालाई असार २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वमा असार २१ गते उजुरी दिएको थियो । पीडित स्वास्थ्य परीक्षण भरतपुर स्थित चितवन जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।


नारायण पराजुली