बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने २५ वर्षीय विपिन गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडित पर्यटक महिलालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असोज ६ गते उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी गणेशबहादुर बमले जानकारी दिए ।


विष्णुप्रसाद अधिकारी