बलात्कार घटनाका आरोपित गिरफ्तार, पीडितको अवस्था गम्भीर
बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ ।
मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते नै गिरफ्तार गरेको भएपनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता गराएको छ ।
बौद्धिक अपाङ्ता, बहिरा र शारीरिक अपाङ्गता भएकी महिलालाई आरोपितले असार १ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
घटनापछि गाउँबासीको सहयोगमा पीडितको उद्धार गरी असार १ गते जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा अवस्था गम्भीर भएकाले असार २ गते थप उपचारका लागि थापाथली स्थित प्रसूति गृहमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए ।
पीडित महिलाको यौनाङ्गबाट धेरै रगत बगेपछि जिल्ला अस्पतालमा रगत दिइएको थियो । घाउ भएको ठाउँमा टाँका लगाइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…