बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यबिन्दु नपा-७ का ४१ वर्षीय शेरबहादुर थनेतलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २९ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण चितवनको भरतपुर अस्पतालमा जेठ २९ गते गरिएको छ ।


नारायण पराजुली