बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बाबुलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७४ चैत २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी राजेन्द्र पोखरेलले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा जेठ २१ गते गरिएको डिएसपी पोखरेलले जानकारी दिए ।


रविन्द्र पाण्डे