बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेर उसले बालबिज्याँई गरेकाले बालकविरूद्ध पनि मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

बालकलाई अन्य कैदीबन्दी भन्दा छुट्टै कोठामा राखिएको छ । पीडित बालिकालाई स्थानीय मेडिकलमा उपचार गर्न ल्याएपछि सो घटना बाहिर आएको प्रहरीले जनाएको छ । बालिकाको उपचार स्थानीय मेडिकलमा भइरहेको छ ।


मनिषा केसी