बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–५ रुकुम पश्चिमका १८ वर्षीय धनसिंह बाँठामगर र सोही ठाउँका १८ वर्षीय विशाल केसीलाई जेठ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई धनसिंहले ०७४ पुस ७ गते र विशालले ०७४ पुस १० गते बलात्कार बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते दिएको उजुरीका आधारमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर ऋषि ढुङ्गानाले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १६ गते जिल्ला अस्पताल सल्ले रुकुममा गरिएको छ ।


मनिषा केसी