बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका–८ का २८ वर्षीय लक्ष्मण नेपालीलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १४ गते बलात्कार गरेको भनि पीडित पक्षले जेठ १५ गते प्रहरीमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडी बढाएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले जानकारी दिए ।

पीडितको स्वास्थ परीक्षण जेठ १५ गते नै वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।


हिमलाल पराजुली