बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-६ का ३५ वर्षीय जीवन रायमाझीलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले वैशाख २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए ।

पीडित पक्षको उजुरी प्राप्त भएपछि सोही दिन नै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको यादवले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १४ गते जिल्ला अस्पताल तम्घासमा गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


टोपलाल अर्याल