बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बानियाभार गाविस-७ का २० वर्षीय कुलदिप राजीलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएको इन्स्पेक्टर कर्णबहादुर बमले जानकारी  दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते जिल्ला अस्पताल गुलरियामा भएको प्रहरीले जनाएको छ ।


मानबहादुर चौधरी