बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज महिनादेखि पटकपटक बलात्कार गर्दा बालिकाको गर्भरहेको उपचारका क्रममा देखिएपछि आरोपित विरुद्ध फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको पीडित पक्षको भनाइ छ ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर जमुना जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य उपचार फागुन २ गतेदेखि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा भइरहेको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…