बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ फागुन २ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ परीक्षण फागुन १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।


जयनारायण पुन