बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ २९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २७ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएपछि आरोपितलाई खप्तडछान्ना गाउँपालिकाबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २७ गते स्वास्थ्य कार्यालय, बझाङमा गरिएको छ ।


सत्यराज सिंह