बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ २५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई गोप्य सूचनाका आधारमा माघ २४ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ७ गते गरिएको छ ।


ईश्वर थापा