बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नपा-१६, हकुइका २१ वर्षीय राहुल वर्मालाई प्रहरीले ०८१ माघ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १५ गते बलात्कार गरेको भन्दै माघ १६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।


नारायण पराजुली