बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ १२ गते

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितले आरोपितविरुद्ध पुस २९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको इन्स्पेक्टर यादवले बताउनु भयो ।


नातिबावु धिताल