बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ १० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ ।

माघ ९ गते विहान ५ः४५ बजे साइकल चढेर पढ्न विद्यालय गइरहेकी बालिकालाई विष्णुपुर गाउँपालिका-७ मझौ टोलदेखि पूर्व कोशी सहायक नहरको डिलमा बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिकार गरेकी बालिकाको बायाँ हात समेत आरोपितले आक्रमण गरेर भाँचिदिएको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय विष्णुपुरले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।

बालिकाले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । गम्भीर शारीरिक र मानसिक आघात व्यहोर्नु परेको उल्लेख गर्दै पीडितले कानुनी कारबाहीको माग गर्नुभएको छ । प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ ९ गते स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।


इन्सेक मधेश प्रदेश कार्यालय, जनकपुरधाम