बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ १० गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ ९ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी