बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस २० गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–११ का ४२ वर्षीय बुबालाई प्रहरीले ०८१ पुस १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक मङ्सिर १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १६ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १५ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी