बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस १९ गते

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुमे गाउँपालिका-७ का २९ वार्षिय सुर्जे रोका मगरलाई प्रहरीले ०८१ पुस १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ परीक्षण पुस १९ गते रुकुम पुर्व अस्पतालमा भयो ।


जयनारायण पुन